काठमाडौं – बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। सुन तोलामा तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल १०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।






About Us
प्रतिक्रिया