बैंकिङ्ग समाचार, काठमाडौं ।
हाल सञ्चालनमा रहेका दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले करिव साढे १३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल नेपालमा २ वटा माइक्रो लाइफ इन्स्योरेन्स सञ्चालनमा रहेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार माइक्रो लाइफ इन्स्योरेन्सहरुले कुल एक हजार तीन सय ४४ वटा बीमा पोलिसी खरिद बिक्री गरी १३ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
गार्डियन माइक्रो लाइफले भदौ महिनासम्ममा ९८३ वटा बीमा पोलिसी विक्री गरी १० लाख ३७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ३६१ वटा बीमा पोलिसी विक्री गरी ३ लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
प्रतिक्रिया