बैंकिङ्ग समाचार, काठमाडौं ।
आर्थिक वर्ष २०८०/ ८१ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २९ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीहरुले कुल १ करोड ३४ लाख ५१ हजार ८२२ वटा बीमा लेख खरिद बिक्री गरी २९ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्ज गरेको हो
भदौ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इनस्योरेन्स कम्पनीले कुल बीमा शु्ल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ५३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
एलआईसी नेपालले तीन अर्ब, हिमालयन लाइफले दुई अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी हिमालयन लाइफले २ अर्ब ९५ करोड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ९० करोड, सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड, एशियन लाइफले १ अर्ब २२ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सिटिजन लाइफले पनि १ अर्ब १ करोड, मेट लाइफ इन्स्योरेन्सले ९२ करोड १२ लाख, प्रभु महालक्ष्मी लाइफले ८२ करोड ४९ लाख, आइएमई लाइफले ७६ करोड ३१ लाख, रिलायबल नेपाल लाइफले ६७ करोड ५५ लाख र सन नेपाल लाइफले ६३ करोड ७४ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया