काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्स) २.७० अंकले घट्दा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । आज नेप्से परिसूचक घटेसँगै मुक्तिनाथ कृषि कम्पनी, थ्रि स्टार हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, साग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ र इङवा हाइड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन् ।
जसमा क्रमशः मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत, त्यस्तै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका हुन् । त्यसैगरी, माथिल्लो मैलुङखोलाका लगानीकर्ताले ४.१० प्रतिशत, साग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.९५ प्रतिशत र इङवा हाइड्रोपावरका लगानीकर्ताले ३.०२ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यससँगै, आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ७.२५ प्रतिशत एसबीएल डिबेन्चर २०९१ का लगानीकर्ताले ६.०४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ८५ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको १२ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सागर डिष्टिलरीको ९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।






About Us
प्रतिक्रिया