नेप्सेमा झिनो अंकको गिरावट आउँदा कारोबार रकम ३ अर्ब बढी


काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २.७० अकंले घटेर २६ सय ६ दशमलव ३३ को बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको ७७ लाख २९ हजार ४८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। यस कम्पनीको आज १८ करोड ८५ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको १२ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

यससँगै आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ८.४२ प्रतिशतका दरले गुमाएका हुन्।