काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडले आगामी पुष २१ गते आफ्ना शेयरधनीलाई ४ औं वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा काठमाडौंको पुरानो बानेश्वरस्थित मानसरोबल पार्टी प्यालेसमा दिउँसो १ बजे बस्ने निर्णय गरेको हो ।
सो सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रवितेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारित गर्नेछ । त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकमा ५ जना संस्थापक शेयरधनी निर्वाचन गर्ने, सञ्चालक समितिले गरेका काम कारबाही अनुमोदन, सञ्चालकको भत्ता र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ बुक क्लोजको आधारमा पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।






About Us
प्रतिक्रिया