नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा न्यौपाने नियुक्त


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषि प्रसाद न्यौपाने नियुक्त भएका छन्।

संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा न्यौपाने नियुक्त भएका हुन्। 

संस्थाका कामू सीईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि  स्वैच्छिक अवकाशमा बिदा भएको हुँदा सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सीईओमा नियुक्त गरिएको हो।