सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा



काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८१/८२ को बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणबाट आगामी आर्थिक वर्षको बीमाङ्गीय मूल्यांकन स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा समेत सोही बोनस दर कायम हुनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको आर्थिन वर्ष २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुसार कम्पनीले मुनाफामा सरिक हुने (बोनस प्रदान गर्ने) गरी जारी गरेको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्णावधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनेछ ।

कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ।