जेनजी आन्दोलन: आयोगले पूर्वआईजीपी खापुङ र सचिव दुवाडीसँग बयान लिँदै


काठमाडौं – गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले आज पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसँग बयान लिने भएको छ।

उनीहरूसँग  पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बयान लिने भएको हो। आयोगमा  कार्कीसहित सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले रहेका छन्।

यसअघि आयोगले मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरेको थियो। खापुङ जेनजी आन्दोलनका बेला नेपाल प्रहरीका महानिरीक्षक थिए। आयोगले यसअघि पनि खापुङसँग स्पष्टीकरण सोधेको थियो।