आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा 


काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको  सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

कम्पनीले हाल चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय रुपैयाँको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण गरिनेछ।