काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट दिने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ शेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।
जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश दिनेछ । कम्पनीकाअनुसार यस लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको २६औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।






About Us
प्रतिक्रिया