काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा इटहरी वितरण केन्द्रका वरिष्ठ सहायक (स्टोर किपर) अर्जुन कुमार कटुवाललगायतका कर्मचारीहरूविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ।
अख्तियारका अनुसार कटुवालले जिन्सी सामानहरू हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको थियो। विशेष अदालतले मिति २०७३ सालको कात्तिकमा फैसला सुनाएको थियो, तर प्रतिवादीहरूले त्यस फैसलामा चित्त नबुझी सर्वोच्च अदालतमा अपिल गरेका थिए।
सर्वोच्च अदालतले गत जेठमा प्रतिवादीलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाविरुद्ध पुनरावलोकनको निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको हो। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार जरिवाना, सजाय र बिगो असुल गरी नेपाल विद्युत् प्राधिकरणलाई क्षतिपूर्ति दिलाउने माग गरेको छ।






About Us
प्रतिक्रिया