काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७.८६ अकंले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् । आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरूमा स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी, एसवाई प्यानल नेपाल त्यस्तै, लक्ष्मी लघुवित्त र थ्रि स्टार हाइड्रोपावर रहेका छन् ।
जसमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९।९७ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.७६ प्रतिशतका त्यसैगरी, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज सबैभन्दा बढी झापा इनर्जीका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.३० प्रतिशतका दरले गुमाएका हुन्। ज्योति विकास बैंक बन्ड २०८७ का लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले ५.५ प्रतिशतका दरले गुमाएका हुन् ।






About Us
प्रतिक्रिया