निर्धन उत्थान लघुवित्तमा जागिरकाे अवसर, के-के चाहिन्छ याेग्यता ?


काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ अधिकृत (खुला) पदमा १० जना कर्मचारी माग गरेको हो । 

उक्त पदको लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापनमा स्नातक उत्तीर्ण गरी चाटर्ड एकाउन्टेन्सी काेर्षकाे सेमी क्वालिफाइड, सीए उत्तीर्ण गरेका व्यक्तिले सो पदमा आवेदन दिन सक्नेछन् ।

उमेरको हदमा फारम भर्ने अन्तिम मितिमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेकोकाले यो सूचना प्रकाशित भएको मितिले पुस ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।