१८ दिनका लागि ४० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक


काठमाडौं – आज मंसिर २४ गते ४० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले १४ दिनको लागि ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएकाे हाे।

केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ। निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यसको सावाँ तथा ब्याज भुक्तानी आगामी पुष १३ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।