काठमाडौं – हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोड रुपैयाँमध्ये करिव ३ अर्ब १२ करोड २७ लाख रुपैयार मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४८ करोड रुपैयाँमध्ये करिव १ अर्ब ९ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव५५ करोड ५५ लाख रुपैयाँ दाबी रकममध्ये करिव ६ करोड ८१ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ६६ लाख रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव४९ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
बीमकहरूलाई करिव २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५६ रुपैयाँकरोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ।






About Us
प्रतिक्रिया