काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.३९ अकंले बढ्दा हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४६ प्रतिशतका दरले कमाएका हुन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले कमाएका छन् ।
यससँगै आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका छन्। माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत दरले कमाएका हुन् ।
साथै, आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।






About Us
प्रतिक्रिया