लगातार ६ दिन घटेको नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ३ अर्ब ७५ करोड

'विकास बैंक समूहमा ०.३१ प्रतिशतकाे वृद्धि'


काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७.३९ अकंले बढेर २६ सय १४ दशमलव ९ को बिन्दुमा कायम भएको छ। आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेसँगै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यससँगै आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज सबैभन्दा बढी हिम स्टार उर्जा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ३.८८ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन ८ उपसूचकमा हरियाली आएको छ। आज विकास बैंक समूहको ०.३१ प्रतिशत, फाइनान्स समूहको ०.४० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८८ प्रतिशतले शेयर मूल्य बढेको छ।