काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा भारी रकमको वृद्धि देखिएको छ। केन्द्रीय बैंकको मंसिर १६ र १७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एकैदिन १९ अर्ब रुपैयाँको वृद्धि देखिएको हाे।
मंसिर १६ गतेसम्म ७५ खर्ब ३५ अर्ब रुपैयाँ रहेको निक्षेप १७ गते बढेर ७५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेकाे छ।यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि १९ अर्ब रुपैयाँले नै बढेको छ।
१६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६७ खर्ब ८० अर्ब रहेकोमा १७ गते बढेर ६७ खर्ब ९९ खर्ब रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा कर्जा प्रवाहमा पनि ३ अर्ब रुपैयाँले बढेको छ।
१६ गते बैंकिङ्ग प्रणालीमा ५६ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १७ गते ५६ खर्ब ६१ अर्ब रुपैयाँ प्रवाह भएको छ। यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि ३ अर्ब रुपैयाँले नै बढेको छ। १६ गतेसम्म ५० खर्ब ३३ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ५० खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ।
सो अवधिमा सिडी रेसियो ७४ दशमलव ०९ र अन्तर बैंक ब्याजदर २ दशमलव ५० प्रतिशत पुगेको छ।






About Us
प्रतिक्रिया