बैंकिङ्ग समाचार, काठमाडौं ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत व्यवस्थापन पदको अधिकृत श्रेणीमा ५ जना, शाखा प्रबन्धक पदको सहायक श्रेणीमा ५ जना र सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको सहायक श्रेणीमा १० जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन योग्य तथा इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया