तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला चाँदी ३ हजार ५८५ रुपैयाँमा किनबेच भएको थियो।