दुबई । नेपालमा सबैभन्दा धेरै ‘रेमिट्यान्स’ भित्रिने मुलुकहरुमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) बाट वैधानिक प्रणालीबाट नेपाल रेमिट्यान्स भित्र्याउने विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। दुवईमा अवस्थित नेपाल कन्सुलेट जेनरल अफिसको अगुवाईमा यूईबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई वैधानिक प्रणालीमा समेट्ने लक्ष्य राखेर अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा यूएईमा सक्रिय नेपालका रेमिट्यान्स कम्पनी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको उपस्थिती थियो। नेपालमा प्रत्येक वर्ष अर्बौं रुपैयाँ रेमिट्यान्स यूएईबाट आउँछ। जसमध्ये केही हिस्सा अनौपचारिकमाध्यमबाट भित्रिने गरेको तथ्य उजागर नै छ । यहीअनुसार नेपाल भित्रिने रेमिट्यान्सलाई औपचारिक च्यानलमा समेट्ने लक्ष्य राखेर यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना भएको हो।
यो कार्यक्रम आयोजनामा यूएईमा अवस्थित नेपालको महावाणिज्य दूतावासका वाणिज्य दूत हरिप्रसाद वडारीको सक्रियता थियो। कार्यक्रममा रेमिट्यान्स कम्पनी, वाणिज्य दूत र मिडिया तथा अन्य सरोकारवालाहरुको उपस्थिती थियो। यस्तै, बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलको विशेष प्रस्तुती रहेको थियो।
उनको प्रस्तुतीमा यूएईबाट नेपाल जाने रेमिट्यान्सलाई वैधानिक प्रणालीमा समेट्ने उपाए, वर्तमान अवस्था तथा आगामी चूनौतीका विषयलाई प्राथमिक्तामा राखिएको थियो। नेपालको रेमिट्यान्सको ठूलो र भरपर्दो स्रोत यूएई भएकाले वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रिएमा अहिलेको तुलनामा धेरै रेमिट्यान्स नेपाल जाने ढुंगेलको भनाई थियो।
८ लाखभन्दा धेरै नेपालीहरु रहेको यूएईबाट वर्षेनी नेपालमा अर्बौं रेमिट्यान्स आइरहेको छ। यसका लागि प्रत्येक वर्ष लाखौं नेपाली यूएईमा श्रमका लागि जाने गरेका छन्। नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य भएकाले यूएईबाट पर्याप्त मात्रामा वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन सकिने सो कार्यक्रममा उपस्थित सरोकारवालाहरुको निष्कर्ष थियो।






About Us
प्रतिक्रिया