ङादी ग्रुप पावरको ५५ करोड बढीको शेयर कारोबार हुँदा, कुनको कति ?


काठमाडौं –  आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३.०२ अकंको गिरावट आउँदा ङादी ग्रुप पावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ । आज दिनभरिमा ३३१ कम्पनीले ४ अर्ब बढीको शेयर कारोबार गर्दा ङादी ग्रुपले मात्रै ५५ करोड ८६ लाख रुपैयाँ बढीको शेयर कारोबार गरेको हो । 

त्यस्तै, सागर डिस्टिलरी लिमिटेडको २३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी पियोर इनर्जी लिमिटेडको ९ करोड ७६ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । 

यससँगै आज सबैभन्दा बढी अप्पर स्याङ्‍गे हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजका लगानीकर्ताले क्रमशः ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

त्यस्तै, आज सबैभन्दा बढी सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ५.१६ प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, मेन्छियम हाइड्रोपावरका लगानीकर्ताले ३.७३ प्रतिशत र गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२६ प्रतिशतका दरले गुमाएका हुन् ।