दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन


नुवाकोट – धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुरुपैयाँ भेटी सङ्कलन भएको छ।

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी १२ लाख ८८ हजार १८० रुपैयाँ सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मन्दिरबाट सङ्कलन गरिएको नगद १२ लाख ५४ हजार ८० रुपैयाँ र कोषको बैंक खातामा क्युआरमार्फत ३४ हजार १०० रुपैयाँ भेटी सङ्कलन भएको हो।

जात्राको भेटी सङ्कलन गरेर प्रहरी चौही समुन्द्रटारमा ल्याएर गणना गरिएको थियो। जनप्रनिधि, कोषका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थीमार्फत गणना गरिएको हो।