काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी पुस १४ गते तेस्रो वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा मोरङको विराटनगरस्थित होटल एअपोर्टमा बिहान ११ बजे बोलाएको हो।
कम्पनीले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ भने हाल कायम चुक्ता पुँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै, सो सभा प्रयोजनार्थ मंसिर २९ गते कम्पनीले शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने भएको छ। बुक क्लोजका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सो सभामा भाग लिन सक्नेछन्।





About Us
प्रतिक्रिया