काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँमा कायम भएको हो। आइतबार सुन प्रतितोला सुन २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलामा ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ। आइतबार तोलामा ५० रुपैयाँले घटेर चाँदी ३ हजार ६०५ रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया