काठमाडौं – आज सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन २१.४८ अंकले घटेर परिसूचक २६ सय ९ दशमलव ६९ बिन्दुमा बन्द भएको बजार यसदिन सो सेसनमा ०.०३ अंक घटेर २६ सय ९ दशमलव ७७ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसनभरिमा १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेसँगै ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। यस सेसनमा ७७ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा २१ हजार ४ सय ८० कित्ता शेयर किनबेच भएको छ।






About Us
प्रतिक्रिया