काठमाडौं – आज मंसिर २२ गत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीले वितरण गर्न लागेको ९.५ प्रतिशत बोनस शेयर बापत शेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको शेयरमूल्य १ हजार ९० रुपैयाँ ४१ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार १९४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही, समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा संस्थाको कारोबार खुल्नेछ ।






About Us
प्रतिक्रिया