स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा, कुनले कति गुमाए ?


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.४८ अंकको गिरावट आउँदा समेत स्वस्तिक लघुवित्त र श्रीनगर
एग्रीटेकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज नेप्से दोहोरो अंकले घट्दा यी दुई कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशत र मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा भूगोल हाइड्रोका लगानीकर्ता रहेका छन्।

यस कम्पनीका लगानीकर्ताले आज ८.५१ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, माबिलुङ इनर्जीका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले गुमाएका छन्। त्यससँगै सागर डिष्टिलरीका लगानीकर्ताले ६।९० प्रतिशतका दरले गुमाएका हुन्।

साथै, यस कम्पनीका लगानीकर्ताले ६.९० प्रतिशतका दरले गुमाउँदा सबैभन्दा बढी कारोबार यसै कम्पनीको भएको छ । यस कम्पनीको आज ४३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रप पावरको ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, बन्दीपुर केबलकार एण्ड टुरिजमको १५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।