नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम ५ अर्ब बढी


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.४८ अकंले घटेर २६ सय ९ दशमलव ६९ को बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज आइतबार ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै सागर डिष्टिलरीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ङादी ग्रप पावरको ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

आज सबैभन्दा बढी स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजका लगानीकर्ताले कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी भूगोल हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ८.५१ प्रतिशतका दरले गुमाएका हुन्।