द्यौलागिरी लघुवित्तको सीईओमा जोशी नियुक्त 


काठमाडौं – द्यौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवराज जोशी नियुक्त भएका छन् । 

संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रिक्त रहेको सो पदमा संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका जोशी नियुक्त भएका हुन् । 

जोशीलाई मंसिर १९ गतेदेखि लागू हुने गरी सो ४ वर्षका लागि नियुक्त गरेको संस्थाले जनाएको छ ।