काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट ९० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ८४ दिनको लागि ९० अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको हो ।
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ फागुन १७ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गर्नेछ ।





About Us
प्रतिक्रिया