सुर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो चार प्रदेशका लागी ब्रान्च मेनेजर


काठमाडौं – सुर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न प्रदेशका लागी शाखा प्रबन्धकका पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका लागी शाखा प्रबन्धकका पदमा आवेदन आह्वान गरेको हो ।

कम्पनीले कोशी प्रदेहका लागि खोटाङ, मधेश प्रदेशका लागि बारा, जीतपुर, निजगढ, बागमती प्रदेशका लागि बलाजु, भैसेपाटी, चापागाउँ दोबाटो, जरंखु, लुभु, रसुवा र गण्डकी प्रदेशका लागि लेखनाथ ब्रान्चका लागि ब्रान्च मेनेजर खोजेको हो ।

कम्पनीले सो पदका लागी कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने बताएको छ भने बीमा, बैंकिङ्ग, वा वित्तीय क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव रहेको हुनुपर्ने बताएको छ । यस्तै, २१ देखि ४० वर्ष उमेर ननाघेकाले सो पदका लागी आवेदन दिन सक्नेछन् ।