पाँचथर पावर कम्पनीले बोलायो साधारण सभा


काठमाडौं – पाँचथर पावर कम्पनीले आफ्नो १० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले यहिँ पुस १३ गतेका लागी साधारण सभा डाकेको हो ।

सभा बिहान ११ बजे होटेल इम्पेरियल, बत्तिसपुतलीमा सुरु हुनेछ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको सो निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको दशौं वार्षिक आर्थिक वर्ष २०८१/८२ प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने भएको हो ।