कार्तिक महिनाबाट बीमा अभिकर्ताको परिक्षा लिदै बीमा प्राधिकरण

कार्तिक महिनाबाट बीमा अभिकर्ताको परिक्षा लिदै बीमा प्राधिकरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले आउँदो कार्तिक देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउदै यस्तो जानकारी दिएको हो ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उतीर्ण हुनुपर्ने प्रावधान अनुसार प्राधिकरणले अभिकर्ताको परीक्षा संचालन गर्ने जनाएको हो ।

अब प्राधिकरणले नै अभिकर्ताको लागि कार्तिकबाट परीक्षा सञ्चालन गर्ने भएकाले यही असोज २५ गतेदेखि प्राधिकरणको बीमा सूचना प्रणाली आइआरएमआइएस मार्फत् अभिकर्ता दर्ता प्रकृया बन्द हुने भएको छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि आइआरएमआइएस सिस्टममा दर्ता प्रकृया असोज २९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।