साताको शेयर बजारः कारोबार भएको चारै दिन घट्यो नेप्से


काठमाडौं – धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चारै दिन घटेको छ। आइतबारदेखि बुधवारसम्म समग्र बजार सूचक नेप्से ४४.८४ अंकले घटेको हो।

बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार भएन। बजार घटेसँगै २० अर्ब माथिको मात्रै कारोबार भएको छ। यो साता आइतबार नेप्से २६.५१ अंक, सोमबार ४.२८ अंक, मंगलबार ०.५३ अंक, बुधबार १३.५२ अंकले घटेर बजार २६ सय ३१ दशमलव १७ को विन्दुमा बन्द भएको थियो।


कुन दिन कति भयो कारोबार ?

आइतबारः ६ अर्ब ९८ करोड रुपैयाँ
सोमबारः ४ अर्ब ६४ करोड रुपैयाँ
मंगलबारः ४ अर्ब ४२ करोड रुपैयाँ
बुधबारः ५ अर्ब २० करोड रुपैयाँ