बैंकिङ्ग समाचार, काठमाडौं ।
हाल सञ्चालनमा रहेका दुई लघु निर्जीवन बीमा कम्पनीहरुले ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले भदौ महिनासम्ममा कुल १०६ वटा बीमा पोलिसी विक्री गरी ३ लाख ९५ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
नेपाल माइक्रो इन्स्योरेन्स
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा ६६ वटा पोलिसी विक्री गरी २ लाख ७६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै ५४ वटा पोलिसी विक्री गरी २ लाख १३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा १ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४१ वटा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै कम्पनीले ३३ वटा बीमा पोलिसी विक्री गरी ८७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया