सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

'ताेलामा ८ सय रूपैयाँले घट्याे सुन'


काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। यस्तै, चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ निर्धारण भएको छ। हिजाे चाँदी तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।