काठमाडौं – नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। पटक–पटक जन्म मिति संशोधन गरेको अभियोगमा विशेष अदालतले सिलवाललाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको हो।
प्राधिकरणमा सिलवालले नियुक्ति पाउन आफ्नो जन्म मिति थाहा हुँदा हुँदै उमेर ढाँटी झुट्टा विवरणको पेस गरी नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पद बहाल गरेको आयोगको जिकिर छ। उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेस गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरी राष्ट्रसेवकको रूपमा उक्त राहदानीहरू प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको देखिदा सिलवालको उक्त कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर हुँदा निज प्रतिवादीलाई सोही ऐनबमोजिम सजाय हुनुपर्ने माग छ।
यता, आयोगले सिलवालले लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार बढी रकम असुल उपर हुनुपर्ने उल्लेख गरेको छ ।






About Us
प्रतिक्रिया