काठमाडौं – आजदेखि (बुधबार) बन्द भएको शेयर बजार अर्को साताको आइतबार मात्र खुल्ने भएको छ।भोलि अर्थात् मंसिर १८ गते बिहीबार योमह्री पूर्णिमा र उधौली पर्वकाे अवसरमा सार्वजनिक बिदा हुने भएसँगै शेयर बजार आइतबार मात्रै खुल्ने भएको हो।
बाँकी २ दिन शुक्रबार र शनिबार नियमित बिदाअन्तर्गत शेयर बजार बन्द हुने भएको हो। भाेलि सरकारी कार्यालय, बैंक, बीमा कम्पनीसँगै शेयर बजार पनि बन्द रहन्छ।
शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ। शेयर बजार बाहेक अन्य कार्यालय भने शुक्रबार खुल्नेछन्। बुधबार नेप्से सूचक १३.५२ अंकले घटेर २६ सय ३१ दशमलव १७ को बिन्दुमा झरेर बन्द भएको छ।





About Us
प्रतिक्रिया