आज सबैभन्दा बढी सामलिङ्ग पावरका लगानीकर्ताले गुमाउँदा, अन्यले कति कमाए ?


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज १३.५२ गिरावट आउँदा सामलिङ्ग पावरका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। आज नेप्से दोहोरो अंकले घटेसँगै यस कम्पनीका लगानीकर्ताले २.८५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.७९ प्रतिशतका दरले गुमाएका छन्। यससँगै माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले २.७७ प्रतिशतका दरले गुमाएका छन्।

त्यसैगरी, आज सबैभन्दा बढी कमाउनेमा सागर डिस्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीका लगानीकर्ता रहेका छन् । यी तिन कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी, आज ३३२ कम्पनीले कारोबारको कारोबार हुँदा, सबैभन्दा धेरै बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।