काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अकंले घटेर २६ सय ३१ दशमलव १७ को बिन्दुमा कायम भएको छ। आज ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेसँगै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै बन्दीपुर केवलकार एण्ड टुरिजमको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको हो। आज सबैभन्दा धेरै सागर डिष्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जी लगानीकर्ताले कमाएका छन्।
यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी समलिङ्ग पावरका लगानीकर्ताले गुमाएका छन्।






About Us
प्रतिक्रिया