प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आजदेखि करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। 

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै सो शेयर खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो। 

सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिन सक्नेछन्। 

कम्पनीले तोकिएको समयावधि भित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।