काठमाडौं – अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ। साेहीक्रममा नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।
आज सुन तोलामा २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार ताेलामा १६ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य साेमबार १४ सय रूपैयाँले बढ्याे। आज ८ सय रूपैयाँले बढेसँगै ३ दिनमा सुनकाे मूल्य ३८ सय रूपैयाँले बढेकाे छ।
त्यस्तै, आज चाँदीको मूल्य बढेको छ। आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो। आज चाँदी तोलामा ३६ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३५ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया