शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ४८ करोड

‘बैंकिङ्ग समूहमा ८ दशमलव ०३ अंकको गिरावट’


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अकंले घटेर २६४४.७० बिन्दुमा कायम भएको छ। आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको शेयर कारोबार भएको हो।

आज पाँच उपसूचक घटेका छन् भने ८ उपसूचकमा भने हरियाली आएको छ। मंगलबार १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ। आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ।

आज यस कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङगल हाइड्रोपावर र श्रीनगरका लगानीकर्ताले कमाएका छन्। आज पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले गुमाएका छन्।