काठमाडौं – नेपाल बीमा प्राधिकरणले म्याद सकिएको ३ महिनाभित्र नविकरण नगरे अभिकर्ताको लाइसेन्स खारेज हुने व्यवस्था गरेको छ । प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ बमोजिम एक वटा बीमालेखमा नघट्ने गरी कम्तीमा एक प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्ने बताएको छ । यस्तै, आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ भने बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणको लागि बीमा नियमावलीको अनुसूची-७ बमोजिम नवीकरण दस्तुर १ हजार तथा नियमन दस्तुर ५ सय गरी जम्मा १५ सय रुपैयाँ मात्र लाग्नेछ ।
प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधि भित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि तीन महिना भित्र अनुसूची-७ बमोजिम विलम्ब शुल्क १ हजार रुपैयाँ मात्र भुक्तानी गरी निवेदन पेश गर्न सक्ने बताएको छ ।







About Us
प्रतिक्रिया