बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले माग गरेको रोजगारीका आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो । प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी गरी कुल २६ जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले आज असोज ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया