कात्तिकसम्म निर्जीवन बीमकले संकलन गरे १५ अर्ब बढी बीमा शुल्क


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ८४ करोड ८२ लाख कुल बीमा शुल्क संकलन गरेको हो । कम्पनीहरुले ९ लाख ३ हजार ९८ वटा बीमा पोलिसी बिक्री गरेर १५ अर्ब बीमा शुल्क संकलन गरेका हुन् ।

कात्तिकसम्ममा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५४ करोड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड बीमा शुलक संकलन गरेका हुन् ।

यस्तै, चालु आर्थिक वर्षको ४ महिनामा एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब १४ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ । साथै, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९२ करोड ४० लाख, नेपाल इन्स्योरेन्स कम्पनीले ८६ करोड ६२ लाख, प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख, नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख बीमाशुल्क संकलन गरेको छ ।