प्रि ओपन सेसनमा साढे ४ अंकले घट्यो नेप्से


काठमाडौं – आज मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबारको दिन समेत ४.२८ अंकले घटेर परिसूचक २६ सय ४५ दशमलव २४ बिन्दुमा बजार बन्द भएको बजार यसदिन सो सेसनमा ४.३३ अंक घटेर २६ सय ४० दशमलव ९० को बिन्दुमा कायम भएको छ।

आजको प्रि ओपन सेसनभरिमा १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेसँगै ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

यस सेसनमा ४० लाख ३० हजार ७५५ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ७ हजार २ सय ८६ कित्ता शेयर किनबेच भएको छ।