नेपालकै पहिलो नेपाल इन्स्योरेन्स कम्पनी ७७ औं वर्षमा प्रवेश

नेपालकै पहिलो नेपाल इन्स्योरेन्स कम्पनी ७७ औं वर्षमा प्रवेश


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीलिमिटेड स्थापना भएको ७७औं वर्ष प्रवेश गरेको छ।  नेपाल इन्स्योरेन्स कम्पनी विसं २००४ सालमा स्थापना भएको हो । 

७७ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले ग्राहकहरुको अधिकतम सन्तुष्टिलाई ध्यान दिई अगाडि बढ्ने प्रण गरेको छ । साथै आगामी दिनमा समेत अझ उत्कृष्ट व्यवस्थापनका साथ नविनतम सेवाहरु, सूचना प्रविधिको उच्चत्तम प्रयोग, बीमा सम्बन्धी चेतनाका कार्यक्रमहरु सञ्चालन लगायत ग्रामिणस्तरसम्म बीमा सेवाको पहुँच पुयाई लक्ष्य लिएको छ ।

नेपालको निर्जीवन बीमाको क्षेत्रमा अहम् भुमिका निर्वाह गरेको यस कम्पनीले ७७ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थापक एवं सेयरधनी महानुभावहरु, ग्राहकहरु, नियमन निकायहरु, कम्पनीका पूर्व सञ्चालक एवम् कर्मचारीहरु, कम्पनीमा हाल कार्यरत कर्मचारीहरु, सर्भेयरहरू, बीमा अभिकर्ताहरू तथा सरोकारवालाहरुप्रति आभार व्यक्त गरेको छ ।